जेष्ठ ६, २०८२ सोमबार

सरकारी छाप किर्ते गर्ने पक्राउ, जरिवाना रु ५०

विर्तामोड । सरकारी छाप किर्ते गरेर फरार भएका ६५ वर्षीय उदय पराजुली पक्राउ गरेका छन् । अर्जुनधारा– ५ का पराजुलीलाई झापा प्रहरीले पक्राउ गरेको हो । सरकारी छाप किर्ते मुद्दामा एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकिएका पराजुली ०६० सालदेखि फरार भएका थिए । सजाय ठहरिएका फरार प्रतिबादीलाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले विहीवार पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले उनको पीसीआर परीक्षणको नतिजा आएपछि कारागार पठाउने आदेश भएको छ । पराजुलीलाई हाल झापा प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]