जेष्ठ ६, २०८२ सोमबार

दशौँ महाधिवेशन एकताको महाधिवेशन हुने

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले वर्तमान एमाले तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा नेता पोखरेलले २०७५ जेठ ३ मा एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट पूर्ववत् अवस्थामा कायम रहेको भए पनि पूर्वमाओवादीको एउटा हिस्सा एमालेमै रहेकाले आफ्नो पार्टी नेकपाको निरन्तरता भएको जिकिर गर्नुभयो । उहाँले पार्टीबाट केही पक्ष अलग भए पनि एमालेकै अगुवाइमा कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने मान्यताका साथ आफूहरु गत विधान महाधिवेशनयता नै अघि बढेको र त्यसलाई राष्ट्रिय महाधिवेशनले थप व्यवस्थित गर्ने जनाउनुभयो ।

प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार  ३ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]