जेष्ठ ६, २०८२ सोमबार

झापाका घिमिरेद्वारा एमाले उपाध्यक्षमा उम्मेद्वारी घोषणा

बिर्तामोड । नेकपा एमालेमा एकपछि अर्का नेताले उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु गरेका छन् । यसैक्रममा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले उपाधक्ष्य पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।

पार्टीको चौथो महाधिवेशन प्रतिनिधी र पाँचौं महाधिवेशन देखि निरन्तर केन्द्रीय सदस्य रहेका घिमिरे एमालेका सादगी नेताका रुपमा चिनिन्छन् । ‘पार्टीले दिएको जिम्मेवारी सधैं पुरा गरिएको छ’ घिमिरेले भने– ‘समकालिन कमरेडहरुको सरसल्लाहमा नै उपाक्ष्यमा उम्मेद्वारी दिने निधो गरेको हुँ ।’

आफ्नो उम्मेद्वारी किन भन्ने बिषयमा महाधिवेशन प्रतिनिधीहरुले विगतको योगदानलाई बुझिदिनुपर्ने घिमिरेले बताएका छन् । ‘म मेची अञ्चलको इन्चार्ज भएको बेला २०५१ सालमा मेचीका सबै निर्वाचन क्षेत्रबाट चुनाव जितियो ’ घिमिरेले भने – ‘संगठनप्रतिको त्यो लगाव र जोश मेरो अझै उस्तै छ । उपाधक्ष्यको रुपमा निर्वाचित भए प्रदेश नं १ मा एमालेको संगठन थप मजबुद बनाउन मेरो अझ ठूलो भूमिका हुन्छ ।’

झापा विर्तामोड निवासी घिमिरे नवौं महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीको सचिवलायमा बसेर पार्टी केन्द्रका कामहरुमा केन्द्रित भएका थिए । हाल प्रदेश नं १ का अध्यक्ष समेत रहेका घिमिरेले आफ्नो उमेर र अनुभवलाई महाधिवशेन प्रतिनिधीले मूल्यांकन गर्ने बताएका छन् । पार्टीमा बरिष्ठ बाहेक चार उपाधक्ष्यको व्यवस्था छ । ‘चारवटा मध्ये एउटा उपाधक्ष्य मेरै लागि हो ’ घिमिरेले भने ।

प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]