जेष्ठ ६, २०८२ सोमबार

झापाबाट दुर्गा प्रसाईसहित ६ जना महाधिवेशन प्रतिनिधि मनोनित

बिर्तामोड । नेकपा एमालेको १०औं महाधिवेशनमा विएण्डसीका सञ्चालक दुर्गा प्रसाईसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनित गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनित गरेको हो ।

मनोनित हुनेहरुमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाई, जुरोपानीका पूर्व अध्यक्ष अमर शिवाकोटी, गौरादहकी जलवर्षा राजवंशी र दमककी उपमेयर गिता अधिकारी रहेका छन् । कूल प्रतिनिधिको ५ प्रतिशत मनोनित गर्ने वैधानिक व्यवस्थाअनुसार १०६ जना मनोनित भएका हुन् । यसैगरी, माओवादी केन्द्रबाट आएका बालकृष्ण ढुंगेल, कृष्ण केसीलगायत पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ६ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]