बिर्तामोडमा बम राख्न मोटरसाइकलको अफर
बिर्तामोड । झापामा शंकास्पद् गतिविधि गर्दै आएको हिमाल सुरक्षा परिषद्लमा आवद्ध एक पुजारीले बिर्तामोडमा बम राख्न मोटरसाइकलको अफर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्लामा शंकास्पद् गतिविधि गर्दै आएका ९ जनालाई सार्वजनिक गर्दा एक जना पुजारी समेत आवद्ध रहेको खुलेको थियो । पुजारीको भेषमा अपराध गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

कनकाई – ४ स्थित कोटहिोममा काम गर्ने ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौलाई प्रहरीले सार्वजनिक गरिसकेको छ । उनले आम नागरिकलाई त्रसित बनाउन ‘बम’ राख्नेलाई मोटरसाइकलको अफर गरेको प्रहरीको भनाई छ । उनले कनकाई क्षेत्रमा ट्युवेल गाढ्ने छिमेकी भिष्म थापालाई सो अफर गरेका थिए ।
ग्रेटर नेपालको माग राखी शंकास्पद् वस्तु प्रेस कुकर राखेको अभियोगमा कारागारबाट छुटेका एक व्यक्तिसँग मिलेर हिन्दु राज्य र राजतन्त्र पुनःस्थापनाको माग राखी आफ्नै कुटीमा पटक–पटक बैठक बसेको झापा प्रहरीले जनाएको छ । सिटौला सहित ९ जनालाई झापा प्रहरीले अनुसन्धान गरिहरेको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।