माधव नेपालले जनतमाथि घात गरे : खनाल
काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति कडा आपत्ति प्रकट गर्नुभएको छ ।
‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा रु संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ खनालले भन्नुभयो, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाउनुभयो ।
आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताउनुभयो ।