बिर्तामोड

झापा एमालेको स्वास्थ्य विभाग प्रमुखमा प्रमिश गिरी

झापा एमालेको स्वास्थ्य विभाग प्रमुखमा प्रमिश गिरी


बिर्तामोड । नेकपा एमाले झापाको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा प्रमिश गिरीले जिम्मेवारी पाएका छन् । पार्टीको आज सम्पन्न बैठकले गिरीलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

उनी झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी हुन् । अस्पताल स्थापनादेखि कार्यरत गिरीलाई पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागलाई प्रभावकारी परिचालन गर्न भनिएको छ ।

शेयर गर्नुहोस :

0
Shares