Banner news

कनकाई उधोग वाणिज्य संघमा मतदाता संख्या विवाद उत्कर्षमा, वरिष्ट उपाध्यक्षद्वारा निर्वाचनमा भाग नलिने घोषणा

कनकाई उधोग वाणिज्य संघमा मतदाता संख्या विवाद उत्कर्षमा, वरिष्ट उपाध्यक्षद्वारा निर्वाचनमा भाग नलिने घोषणा


बिर्तामोड । कनकाई उधोग वाणिज्य संघको निर्वाचनमा मतदाता नामावली संख्या प्रकरणले विवाद उत्कर्षमा पुगेको छ । मतदाता नामावली संख्यामा विवाद भएपछि संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । आज विहान सम्पन्न बैठकमा फरक मत राख्दै वरिष्ठ उपाध्यक्ष उप्रेती संघको आसन्न निर्वाचन प्रक्रियामा सहभागी नहुने इजलाससित बताए ।

निर्वाचन समितिले साधारणसभामा प्रस्तुत भएको विवरण अनुसार मतदाता नामावली प्रकाशन गरेको थियो । पहिले निर्वाचन समितिले १ हजार ५७ जनाको मतदाता नामावली प्रकाशन गरेको थियो । १ हजार ५७ जनाको नाम अस्पष्ट रुपमा प्रकाशित भएको, दर्ता नम्बर नबुझिएको , अक्षरहरु नबुझिएको भन्दै व्यवसायीहरुले स्पष्ट रुपमा नाम प्रकाशित गर्न कार्यसमितिलाई आग्रह गरेका थिए ।

त्यसपश्चात २३ गते १४ सय १ जनाको नाम प्रकाशित भयो । व्यवसायीले संख्यामा धेरै फेरवदल आएको भन्दै विरोध जनाए । फेरि निर्वाचन समितिले त्यसलाई पनि फिर्ता गरिदियो । मतदाता नामावलीमा विरोध बढेपछि कार्यसमितिबाट अनुमोदन गरेर दिन निर्वाचन समितिले आग्रह गरेको थियो । सोही दिनदेखि निर्वाचन कार्यक्रम समेत स्थगित गरिएको थियो ।

संघको आज सम्पन्न बैठकले पछिल्लो पटकको नामावली बहुमतको आधारमा निर्वाचन समितिलाई बुझाएपछि अध्यक्षका उम्मेद्वार समेत रहेका उप्रेतीले निर्वाचन प्रक्रियामा भाग नलिने भन्दै फरक मत जाहेर गरेका छन् । निर्वाचन समितिले पहिले सार्वजनिक गरेको मतदाता संख्याभन्दा पछिल्लो संख्यामा ३४४ जना बढि देखिएको छ । मतदाता नामावली संख्याको विवादले दुई पटक निर्वाचन कार्यक्रम स्थगित भइसकेको छ ।

यसै सन्दर्भमा निर्वाचन समितिका प्रमुख प्रकाश चुडालले मतादाता नामावली संख्या फरक–फरक पाएको स्वीकार गरेका छन् । उनका अनुसार फागुन २० गते १०५७ र २३ गते १४०१ जनाको नाम प्रकाशित भएको बताए । दुवै दिन संख्यामा विवाद भएकाले हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको छ, चुडालले भने । आज विहान भएको बैठकले १२२७ मतदाता संख्या रहेको कार्यसमितिले निर्वाचन समितिलाई जनाएको थियो ।

सो संख्यामा समेत फरक आएपछि विवाद झन बढेर गएको छ । कार्यसमितिले मतादाता संख्या उपलब्ध गराउदै पिच्छे फरक–फरक भएपछि व्यवसायी र कार्यसमितिमा समेत विवाद चर्किएको छ ।

शेयर गर्नुहोस :

0
Shares