Banner news

हल्दिवारीका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार : तीन दिनभित्र कारवाही नगरे सेवा नै बन्द गर्ने चेतावनी

हल्दिवारीका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार : तीन दिनभित्र कारवाही नगरे सेवा नै बन्द गर्ने चेतावनी


बिर्तामोड । झापा हल्दिवारीका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै पालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनलाई ध्यानाकर्षण पत्र नै बुझाएका छन् ।

चैत २ गते बुधबार दिउँसो सेवारत मेडिकल अधिकृत डा.विकास ढकालमाथि दुव्र्यवहार भएको स्वास्थ्यकर्मीले जानकारी दिए । उनीहरुका अनुसार हल्दिवारी २ हरियाली टोल बस्ने ५२ वर्षीय काशी आचार्यले डा. ढकालमाति गालीगलौच गरेको, अपशब्द प्रयोग गर्दै भौतिक क्षति समेत हुने गरि धम्की दिएकोप्रति हल्दिवारीमा कार्यरत ३५ जना स्वास्थ्यकर्मीले गापा अध्यक्ष लिङदेनलाई तीन दिनभित्र कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएका छन् ।

तीन दिनभित्र कारवाहीको दायरामा नल्याए आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares