आर्थिक

सहाराद्वारा पाँच लाख ऋण मिनाहा

सहाराद्वारा पाँच लाख ऋण मिनाहा


लक्ष्मीपुर । झापाको बिर्तामोड –२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगत लक्ष्मीपुर सेवा केन्द्रले पाँच लाख रुपैयाँ ऋण मिनाह गरेको छ ।

श्रीमान आशिकलाल राजवंशीको मृत्युपछि उनकी श्रीमती कृष्णकुमारी राजवंशीलाई संस्थाले ऋण बापतको ५ लाख मिनाह गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्सको सहयोगमा सहारा नेपाल (साकोस) को अर्जुनधारा–५ बिहीवारेको दक्षिणकाली महिला समुह नं. २७ की सदस्य कृष्णकुमारी राजवंशीलाई शुक्रवार शुक्रवार ऋण मिनाह वापतको रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

अर्जुनधारा नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ध्यानबहादुर भारतीले उक्त रकम बापतको चेक हस्तान्तरण गरेको हुन् । समुह अध्यक्ष कल्पना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष भारतीको प्रमुख आतिथ्य रहेको थियो ।

संस्थाका बिर्तामोड अुगमन अधिकृत घनश्याम रायले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि, भारती, विशेष अतिथि लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति संयोजक तथा सहिद पिता केदारसम्शेर गिरीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

संस्थाका लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले सञ्चालन गरेको कार्यक्रममा लक्ष्मीपुर बजार ब्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बस्नेत, लक्ष्मीपुर सेवा केन्द्रकी कर्मचारी मनिका आचार्यलगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares