Banner news

हल्दिवारीमा मतगणना सुरु

हल्दिवारीमा मतगणना सुरु


बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ् । भर्खरै सम्पन्न सर्वदलीय बैठकले ११:५५ बजेदेखी गणना गर्ने सहमती भएको एमाले नेता सोमनाथ पोर्तेलले जानकारी दिए ।

हल्दिवारीमा ७२.१३ प्रतिशत मत खसेको छ । सो गाउँपालिकामा १७ हजार २ सय ८२ जनाले मतदान गरेका थिए । हल्दिवारीमा काङ्ग्रेस,एमाले,राप्रपा र माओवादी एक्लाएक्लै निर्वाचनमा सहभागी भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares