जेष्ठ ५, २०८२ आईतबार

जताततै जलमग्न, झापामा डेढ सय घर डुवानमा

झापा । अविरल वर्षाले झापाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ ।

सोमबार रातिदेखि आएको वर्षाले कमल गाउँपालिका–५, ६ र ७ नम्बर वडामा रतुवाखोलाले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । त्यस्तै, कमल–६, खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान सुरु भएको छ ।

सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङका दुईवटा सुँगुर फार्म बगाएको छ । वडा नम्बर–६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँध समेत भत्काएको छ ।

यता, रतुवाखोलाले गौरादह नगरपालिका–५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् । गौरादह–६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् । गौरादह–६ कै दामुनाखोला सुकुमबासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् ।

वर्षाका कारण शिवसताक्षी नगरपालिका–४, सन्थाल बस्ती (सुकुमबासी बस्ती) मा कमल–बनियानीखोलाको पानी पसेको छ । खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेका छन् । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन माविमा राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । रासस

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]