जेष्ठ ६, २०८२ सोमबार

बिर्तामोडमा माछा फार्महरुको अनुगमन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले माछा फार्महरुको अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा रहेको टोलीले आइतवार नगरका विभिन्न वडामा रहेका फार्महरुको अनुगमन गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गतको सशर्त अनुदान मार्फत चालु आर्थिक वर्ष २०७८-०७९ मा आएको बजेटबाट नगरपालिकाले कृषकहरुलाई क्षेत्र विस्तार,पोखरी मर्मत र यान्त्रिकरणको लागि लागत साझेदारीमा माछा पकेट कार्यक्रम सञ्चालन गरेको छ । जसमा क्षेत्र विस्ताका लागि प्रति कठ्ठा दश हजार रुपैयाँ, पोखरी मर्मतका लागि प्रति कठ्ठा तीन हजार तिन सय, यान्त्रिकरणका लागि लागत साझेदारीमा ५० प्रतिशत र सिँचाईमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको नगरको कृषि पशुपंक्षी तथा मत्स्य विकास शाखाले जनाएको छ । यान्त्रिकरणमा जाल, समरसेबल, डिजिटल तराजु, भुरा खरिद आदि रहेका छन् ।

आइतबार अनुगमन गरिएका फार्महरुमा शुभलक्ष्मी कृषि र्फाम बिर्तामोड २, स्टार अर्गानिक कृषि फार्म बिर्तामोड ७, कलामाया कृषि फार्म बिर्तामोड ७, माँ लक्ष्मी कृषि फार्म बिर्तामोड ७ र केशव कृषि फार्म बिर्तामोड १० रहेका छन् । नगरपालिकाले क्षेत्र विस्तार,पोखरी मर्मत र यान्त्रिकरणको लागि आवेदन भर्ने कम्तिमा ६ कठ्ठा भन्दा बढी क्षेत्रफलमा व्यवसायिक माछा उत्पादन गर्दै आएका फार्महरुलाई अनुदान उपलव्ध गराएको हो ।

माछा पालनमा कुनै पनि समस्या नरहेकोले आफुहरु सन्तुष्ट रहेकोे माछा पालक कृषकहरुको भनाई छ । अधिकांस कृषकहरुले पोखरीमा कमन कार्प र पंगास माछा उत्पादन गर्दै आएको पाइएको छ ।

अनुगमन गर्ने टोलीमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, शिक्षा शाखा प्रुमख तिलचन भण्डारी,पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, पशु अस्पताल तथा विज्ञ केन्द्र भद्रपुरकी मत्स्य प्राविधिक केदारकुमारी अधिकारी, पशु प्राविधिक निमेश थापा, सवइन्जिनिरय भोगेन्द्र थापा मगर रहेका थिए ।

प्रकाशित मिति : असार १९, २०७९ आईतबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]