मुख्य समाचार

शिवसताक्षीमा सुत्केरी महिलालाई पौष्टिक आहार

शिवसताक्षीमा सुत्केरी महिलालाई पौष्टिक आहार


बिर्तामोड । झापा शिवसताक्षी ४ र ५ का सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच पौष्टिक आहारसँगै झुल वितरण गरिएको वडा नं. ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाको सहयोगमा सृजनलिश गोदावरी महिला समाज सातदोबाटोले सामग्री वितरण गरेको हो । वडाध्यक्ष पासवानका अनुसार सबै वडामा १५÷१५ जनाको दरले पौष्टिक आहार वितरण गर्ने कार्यक्रम रहेको छ । केहि वडामाहरुमा वितरण गरिसकिएको छ भने केहिमा बाँकी रहेको बुझिएको छ ।

शेयर गर्नुहोस :

0
Shares