बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिले शनिवार बिर्तामोडमा आयोजित समारोहमा पदहस्तान्तरणसँगै कार्यभार सम्हालेका छन् ।
सहाराको अध्यक्षमा हरि राजवंशी सर्वसम्मत चयन भएका थिए । संविधानसभाका सदस्य राजवंशी लामो समयदेखि सहारा नेपालमा आवद्ध थिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद निरौला, महिला उपाध्यक्षमा पवित्रा लिम्बु, प्रथम उपाध्यक्षमा छविलाल खतिवडा, द्धितिय उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, कोषाध्यक्षमा डम्वरबहादुर देउजा र सह–कोषाध्यक्षमा नेत्रबहादुर नेपाल सर्वसम्मत चयन भएका थिए ।
यस्तै, संस्थाको सदस्यहरुमा शंकरप्रसाद रिजाल, पार्वता गिरी, बिन्दु श्रेष्ठ, भीमबहादुर खवास, भोला धिताल, लक्ष्मीप्रसाद आचार्य, नर्वदा संग्रौला र गुहेश्वरी कार्की रहेका छन् ।
यस्तै, सहारामा लेखा सुपरीवेक्षण समितिको संयोजकमा उपेन्द्रप्रसाद ओली, सदस्यमा पर्शुराम कठेत र शंकर सुवेदी छन् ।
पद हस्तान्तरण कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले संस्थाको वर्तमान अवस्थाबारे जानकारी दिएका थिए । सोही अवसरमा सहाराबाट सञ्चालित योजनाका बारेमा समेत अवगत गराए । दुई बर्षको अन्तरालमा संस्थाले नयाँ नेतृत्व पाएको कार्यकारी प्रमुख गिरीले जानकारी दिएका छन् । आर्थिक संकटको विषम परिस्थितिमा पनि संस्थासँग १२ प्रतिशत अर्थात एक अर्ब २५ करोड तरलता रहेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए । उनले सहाराले १३ अर्ब २२ करोड कर्जा लगानी गरेको बताएका छन् ।
प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य तथा संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, राप्रपा झापाका अध्यक्ष केशव ओझा, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य घनश्याम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिकांशले शुभकामना मन्तव्य दिंदै सहाराले आम नागरिकको वित्तिय जीवनमा ठुलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । उत्कृष्ठ संस्थालाई थप उत्कृष्ठता प्रदान गर्दै जना नयाँ नेतृत्वलाई सूझाव समेत दिइएको थियो ।
सो कार्यक्रममा सहारा शिक्षा सदनका विधार्थीले नृत्य प्रस्तुत गरेका थिए ।







प्रतिक्रिया