जेष्ठ १२, २०८२ आईतबार

विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । सो क्षेत्र कांग्रेस, माओवादी कसले पाउने भन्ने अझै टुङ्गो भएको छैन ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार  १२ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]