जेष्ठ १२, २०८२ आईतबार

गठबन्धनले चोलेन्द्र जबराको बयान रोक्न सक्छन् : ओली

झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका व्यक्त गर्नुभएको छ।

आज गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा भाग लिन पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनले राणाको बयान रोक्न सक्ने बताउनु भयो ।

राणाले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएबापत लेनदेन भएको र न्यायाधीशहरू बिकेको पोल खोल्न थालेपछि बयान रोक्ने षड्यन्त्र भइरहेको ओलीले बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन । उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन् ।’ राणाले परमादेशबाट ओलीलाई सत्ताच्युत गर्दा न्यायाधीशहरूलाई गठबन्धनका नेताहरूले आश्वासन दिएको खुलासा गरेका थिए। राणाको बयान बिहीबार रोकिएको छ । आइतबार पुनः बयानका लागि बोलाइएको छ ।

प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]