अध्यक्ष ओलीको आज : सुन्दरहरैचा, विराटनगर हुँदै गौरीगञ्जको कार्यक्रममा आइपुग्ने
बिर्तामोड । बिहीवार दिउँसो झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह नगरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै आसन्न निर्वाचनमा पार्टीको विजयका लागि स्वतस्फुर्त लागिपर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
झापा आएकै पहिलो दिन दुई वटा कार्यक्रममा सहभागी ओली निर्वाचन क्षेत्र लक्षित भेटघाटमा व्यस्त भए । आज दोस्रो दिनको पहिलो कार्यक्रम सुन्दरहरैचामा सहभागी हुनेछन् । जेसीजको कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली अनेरास्ववियुको विराटनगरमा आयोजित प्रदेश स्तरीय प्रशिक्षणमा सहभागी हुने नेकपा एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिए ।
सुन्दरहरैचा ११ बजे, विराटनगर १ बजे र गौरीगञ्जको बृहत पार्टी प्रवेश कार्यक्रममा ३ बजे सहभागी हुने कार्यतालिका रहेको छ । यस्तै, कमल गाउँपालिकामा राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भई ओली पुनःनेता कार्यकर्तासँग भेटघाटमा व्यवस्था हुनेछन् ।
अध्यक्ष ओली शनिवार ११ बजे काठमाडौं फर्किने एमाले झापाले जनाएको छ ।