आर्थिक

धौलागिरी पारिजातद्वारा सम्मान, ७२ लाख नाफा

धौलागिरी पारिजातद्वारा सम्मान, ७२ लाख नाफा


बिर्तामोड । झापाको बिर्तामोडमा रहेको धौलागिरी पारिजात बहुउद्देश्यी सहकारी संस्थाले शुक्रवार १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कार्तिक १५ गतेदेखि २३ गतेसम्म संस्थाका ९ वटै सेवा केन्द्रमा इकाईगत साधारणसभा गरेको संस्थाले बिर्तामोडमा साधारणसभाको अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न गरेको हो ।

साधारणसभाका अवसरमा संस्थाका उत्कृष्ट कर्मचारीका रुपमा चन्द्रकला भट्टराई, बिमला कुमारी अधिकारी, सुनिता राजवंशी र जानुका प्रसाई भण्डारीलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट सेवा केन्द्रका रुपमा लक्ष्मीपुर सेवा केन्द्र र गोलधाप सेवा केन्द्रलाई सम्मान गरिएको थियो । उक्त सेवा केन्द्रका प्रमुख तथा कर्मचारीहरुलाई अतिथिहरुले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८-०७९ असार मसान्तसम्ममा ११ हजार ७ सय ५८ जना शेयर सदस्य रहेका छन् भने ५ करोड ७४ लाख ७९ हजार ४०० रुपैयाँ पुर्याउन सफल भएको छ ।

अध्यक्षको प्रतिवेदन अनुसार कोष २ करोड ३२ लाख १५ हजार ९११, बचत २८ करोड ७ लाख ७९ हजार ६८९ रुपैयाँ १७ पैसा, सम्पत्ती अन्तरगत नगद तथा बैंकतर्फ ४ करोड ७२ लाख ५८ हजार ९२८ रुपैयाँ १३ पैसा, कर्जा लगानी ३९ करोड १३ लाख ८० हजार ५४५ रुपैयाँ १० पैसा रहेको छ । संस्थाले यस आवमा ७२ लाख ८४ हजार ३६५ रुपैयाँ २३ पैसा खुद बचत नाफा गर्न सफल भएको साधारणसभामा वितरित प्रतिवेदनमा उल्ल्लेख छ ।

संस्थामा ८४ जना कर्मचारी रहेका र विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रम गर्दै आएको संस्थाका सञ्चालक समिति सदस्य सुशिल दाहालले जानकारी दिए ।

संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर सहकारी तथा सामाजिक विकास प्रमुख डिल्ली दाहालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका शिक्षा उप–समिति संयोजक ज्ञानेन्द्र अधिकारीले गरेको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, शिक्षा सहकारीका अध्यक्ष तथा पत्रकार सुब्रत न्यौपाने, राष्ट्रिय सहकारी वैंकका प्रतिनिधि बिबेक डाँगी, सामाजिक ब्यक्तित्व दिलिप श्रेष्ठ, प्रमुख अतिथि दाहाललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव किशोर भट्टराईले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares