अन्तराष्ट्रिय

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त


काठमाडौं । मङ्गलबार अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर प्राप्त गरेको, केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ ।

नगदमा मानवीय सहायता पठाएकोमा अन्तरराष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ ।

यस्तै विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त गरेको थियो ।

युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पुर्याएको छ ।

शेयर गर्नुहोस :

0
Shares