Banner news

मेची उवासंघमा चुनाव लाग्यो, एमालेबाट अध्यक्ष-महासचिवको उम्मेदवार तय

मेची उवासंघमा चुनाव लाग्यो, एमालेबाट अध्यक्ष-महासचिवको उम्मेदवार तय


मेचीनगर । मेची उद्योग वाणिज्य संघको आसन्न चुनावमा अध्यक्ष पदमा धुलाबारी क्षेत्रका युवा उद्यमी खेम प्रसाई उम्मेद्वार बन्ने भएका छन् ।

आगामी माघ २१ गते संघको नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । चुनावमा व्यवसायीहरुले मत हाल्ने भए तापनि राजनीतिक दलहरुको समर्थनमा चुनावको सरगर्मी बढ्ने गरेको छ ।

नेकपा एमालेको आज बसेको बैठकले अध्यक्षमा प्रसाई र महासचिवमा अर्का युवा समाजसेवी दिनेश शाक्यलाई उम्मेद्वार बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

एमालेको नगरस्थित उच्च नेतृत्वको बैठकले दुई मुख्य पदमा उम्मेद्वार तय गरेको र अरु पदहरुमा अन्य दलहरुसँग वार्ता गर्न निवर्तमान प्रदेश सांसद् श्रीप्रसाद मैनालीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको बताइएको छ ।
संघको माघ ८ गते साधारणसभा हुने र माघ २१ गते चुनाव हुने तय भइसकेको छ । यो चुनावमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, राप्रपा, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा आफ्ना उम्मेद्वारहरु उठाउने या विभिन्न दलीय समीकरण बनाउने छन् ।

शेयर गर्नुहोस :

0
Shares