आर्थिक

सुनको भाउ २ सयले बढ्यो

सुनको भाउ २ सयले बढ्यो


झापा । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ थप २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँ पुगेको हो ।

महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ तोकेकोमा सोमबार थप बढेर १ लाख ५ हजार २०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।

शेयर गर्नुहोस :

0
Shares