जेष्ठ ५, २०८२ आईतबार

जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टीका प्रचार–प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  १ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]