आर्थिक

करिब ५५ हजारको अवैध सामान बरामद

करिब ५५ हजारको अवैध सामान बरामद


भद्रपुर । आज प्रहरी चौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले भद्रपुर ३ मेची नदी किनार स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको करिब ५५ हजारको अवैध सामान बरामद गरेको छ ।

प्रहरीले सुर्ति ११ बोरा, पापड १६ प्याकेट, खाने तेल १ टिन, नाइलनको डोरि १ पोका, कलको जिब्रि २ प्याकेट र सामान ल्याउन प्रयोग भएको साइकल ५ थान गरी करिब ५५ हजार मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिई भद्रपुर भन्सार कार्यालय झापा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना प्रमुख नायब उपरिक्षक वसन्त पाठकले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares