अन्तराष्ट्रिय

भारतले नेपाललाई दिने अनुदान बजेट घटायो

भारतले नेपाललाई दिने अनुदान बजेट घटायो

Finance Minister Nirmala Sitharaman holds up a folder with the Government of India’s logo as she leaves her office to present the Union Budget 2023 in the parliament, in New Delhi, February 1, 2023. Photo: REUTERS/Adnan Abidi

काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान रकम घटाएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बुधबार पेश गरेको भारतको युनियन सरकारको २०२३/२०२४ को बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान शीर्षकमा विनियोजन गर्नुभएको हो ।

गत वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान छुट्याइएको थियो। त्यसमा ४ अर्ब २५ करोड भारु भारतले नेपाललाई भुक्तानी गरिसकेको छ।

सन् २०२१/२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो।

यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ। भुटानले १६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ।

शेयर गर्नुहोस :

0
Shares