जेष्ठ ६, २०८२ सोमबार

राष्ट्रपतिको सम्बोधन आज अपराह्न ३ बजे

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई उहाँले शुक्रबार अपराह्न ३ बजे सम्बोधन गर्नुहुनेछ।

संविधानको धारा ९५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकमा सम्बोधन गर्नुहुने र राष्ट्रपतिको सम्बोधनपछि सदनले धन्यवाद प्रस्ताव पारित गर्नेछ। त्यसको लगत्तै ५ः०० बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय भएको छ।

प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]