बिर्तामोड । सभामुख देवराज घिमिरेलाई सहारा नेपालले सम्मान गरेको छ । सहारा नेपालका शेयर सदस्य समेत रहेका घिमिरेलाई सहाराको मुख्य कार्यालयमा आज सम्मान गरिएको हो ।
सहाराले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेलाई सम्मान गरेको हो ।

सोही क्रममा सभामुखलाई सहाराका कार्यकारी प्रमुख महेन्द्र गिरीले तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । केहि समयदेखि राज्यको उपस्थितिलाई नकार्ने गरी सहकारी संस्थाहरुप्रति अभियानका नाममा धावा बोलिदैछ, यस्ता गतिविधिलाई तत्काल रोक्नुपर्ने, सहकारी संस्थाका सदस्यहरुको निक्षेप २५ लाख मात्र लिन पाउने व्यवस्था सहकारी ऐन २०७४ को दफा ५२ मार्फत सच्याउन लागिएको हुँदा सच्याउनुपर्ने, सहकारीहरुको नियमन राष्ट्र बैंकको सट्टामा दोस्रो तहको संस्थानमार्फत हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख थियो । समग्र सहकारीको तर्फबाट उक्त ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले सहकारी क्षेत्रमा देखिएका समस्या, सहकारीहरुको नियमन र सुरक्षामा आफ्नो तर्फबाट लागिपर्ने बताए ।







प्रतिक्रिया