बिर्तामोड । झापामा दुई दिनमा डेढ लाख नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । जिल्लामा ११ गतेदेखि औषधि खुवाउने कार्यक्रम सुरु भएको थियो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार ११ गते ७१ हजार १ सय ७७ जना र १२ गते ८० हजार ८ सय ११ जनाले औषधि सेवन गरेका छन् ।
दुई दिनमा १ लाख ५१ हजार ९ सय ८८ जनाले औषधि सेवन गरिसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । १७ गतेसम्म औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
तथ्याङक अनुसार दुवै दिन धेरैलाई औषधि सेवन गराउनेमा विर्तामोड नगरपालिका अगाडि छ ।







प्रतिक्रिया