आर्थिक

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य बढेको हो ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यससँगै, सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । आज १० दिनपछि बल्ल सुनको मूल्य बढेको हो ।

महासंघले आज चाँदीको मूल्य तोलामा १ हजार २७० रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।

शेयर गर्नुहोस :

0
Shares