अर्जुनधारा

‘किराया’ अर्जुनधारामा बिजय साम्पाङ

‘किराया’ अर्जुनधारामा बिजय साम्पाङ


शनिश्चरे । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको अध्यक्षमा बिजय साम्पाङ राई निर्विरोध निर्वाचित भएका छन् । समितिद्वारा बिहीवार अर्जुनधारा नगरपालिका -९ कटहरडाँडास्थित कार्यालयमा आयोजित १०औं नगर अधिवेशनबाट साम्पाङ राई निर्वाचित भएका हुन् ।

अधिवेशनबाट नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भूपा राई, उपाध्यक्षमा आशा राई ,सचिवमा सिंह बहादुर राई , सहसचिवमा प्रेम चाम्लिङ राई र कोषाध्यक्षमा सुम्निमा राई निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा जमुना देवी राई ,शोमा राई र ढाक बहादुर राई निर्वाचित भएको निर्वाचन समितिका संयोजक चिजा राईले जानकारी दिइन् ।
विधान अनुसार ३ बर्षे कार्यकालका लागि अध्यक्षसहित १७ सदस्यीय रहने समितिमा ८ जना सदस्य समितिको पहिलो बैठकबाट अध्यक्षले मनोनित गर्ने बताइएको छ । नवनिर्वाचित समितिलाई संयोजक राईले सपथ ग्रहण गराएकी थिइन् । निर्वाचित हुने सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

किरात राई यायोक्खा कार्यसमिति झापाका सहसचिव चिजा राईको प्रमुख आतिथ्य समेत रहेको अधिवेशन खुल्ला शत्रमा यायोक्खा अर्जुनधारा नगरसमितिका अध्यक्ष क्याप्टेन मान बहादुर राईले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भूपा राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।

त्यस्तै सहसचिव शोमा राईले आर्थिक बर्ष ०७८-७९ को आयव्यय प्रस्तुत गरिन् । साकेला थान घेराबारा, शौचालय निर्माण तथा खानेपानी व्यवस्थापन समितिका सदस्य सिंह बहादुर राई र साँस्कृतिक टोलीको तर्फबाट क्याप्टेन शिवकुमार राईले आम्दानी र खर्चको छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा संस्थाका ज्येष्ठ सदस्यद्वय गणेश बहादुर राई र पूर्णमाया राई, दाता देवीमाया बान्तवा राई , उत्कृष्ट बचतकर्ता क्याप्टेन असल राई, असल ऋणी डम्बरसिंह राईलाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अध्यक्ष क्याप्टेन राईको सभापतित्व तथा सचिव सरिता राईको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि चिजा ,यायोक्खा झापाका सल्लाहकार दिपीन राई ,अर्जुनधारा नगरपालिका -७ का वडा सदस्य एवं यायोक्खा पूर्व सचिव देवकुमार राई, यायोक्खा बुटाबारीका अध्यक्ष सार्कीधन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares