बिर्तामोड । नेपाल मुस्लिम इत्तेहाद संगठनको कोसी प्रदेशस्तरीय प्रथम अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ । फागुन २७ र २८ गते हुने प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ३२० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने प्रदेश इञ्चार्ज तैयव हुसेनले जानकारी दिए ।

अधिवेशनको उद्घाटन एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकालले गर्ने हुसेनले जानकारी दिए । अधिवेशनमा मोरङ, सुनसरी, झापा र उदयपुरबाट मुस्लिम समुदायको प्रतिनिधिहरु सहभागी हुने केन्द्रीय सचिव अफ्रोज खानले जानकारी दिए । उनले प्रदेशका सबै जिल्लाहरुमा मुस्लिम समुदायको बसोबास भएको जानकारी दिए ।
देशकै जेठो मुस्लिम संगठनको रुपमा स्थापित इत्तेहाद संगठन समुदायको हक अधिकारका निमित्त क्रियाशिल रहेको छ ।







प्रतिक्रिया