शनिश्चरे । बिर्तामोड नगरपालिका –५ स्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा १ दिने सदस्य शिक्षा कार्यक्रम शनिश्चरेमा मंगलबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका – ८ का वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

संस्थाद्वारा स्थानीय पार्टी प्यालेसमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष केशव बस्नेतले शेयरधनीहरुलाई सदस्य शिक्षाका बारे प्रशिक्षण दिदै संस्थाको सेवा केन्द्रहरु झापा, ईलाम र मोरङमा संचालन भइरहेको अवगत गराए । हाल संस्थामा ५७ हजार जना शेयर सदस्य आवद्ध रहेको सुनाए । बैंकले सहकारीहरुलाई चल्तीमा ४ प्रतिशत र मुद्दतीमा ८ प्रतिशत ब्याज दिएर सहकारी संस्थाहरुलाई मास्न (टाट पल्टाउन ) खोजेको उनले आरोप लगाए । बैंक सहकारी हुँदैन , सहकारी बैंक हुदैन, बैंक–बैंक नै हो । सहकारी, सहकारी नै हो, उनले भने ।
सो अवसरमा शनिश्चरे सेवा केन्द्रका प्रमुख केबी रायमाझीले हिसाब –किताब सम्बन्धी वासलात प्रस्तुत गरेका थिए । अध्यक्ष बस्नेतको सभापतित्व तथा सचिव मनोज कुमार भट्टराईले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले शेयरधनीहरुलाई सम्बोधन गर्दै तपाईंहरुको घर–घर आफ्नो पोल्टामा राखेको दुई–चार पैसा सहकारीमा बचत गर्नुहुन्छ, एक–एक तुर्कीले सय तुर्की हुनेछ । स्वरोजगार भनेको आफ्नो रुचि अनुसार कारोबार गर्नु हो । केहि सहकारीले सदस्यहरुलाई ऋण दिउँला भनि आश्वासन देखाएर सहकारीमा आवद्ध गराएता पनि उनीहरु संस्थाको कार्यालयमा गई ऋण माग्दा नपाएको दुःख व्यक्त गरे ।
सहकारी एक्लै सञ्चालन गर्न असम्भव भएकोले सबै मिलेर संस्था सञ्चालन गरिन्छ । हाल मुलुकमा सहकारी समस्या पर्दै गइरहेकोले एकता गरेर जानुपर्ने बताए । उनले सहकारीबाट ऋण लिने व्यक्तिले उद्देश्य राखी ऋण लिन आग्रह गरे । सहकारीको भावना सबै सदस्यको मनमनमा हुनुपर्छ । कार्यक्रममा विशिष्ट अतिथि तथा अर्जुनधारा नगरपालिका सहकारी विभागका राजबिक्रम खड्का, शनिअर्जुन उद्योग वाणिज्य संघका उपाध्यक्ष देवराज बुढाथोकी, सेवा केन्द्र संयोजक रमेश त्रिखत्री लगायतले शुभकामना मन्तव्यसहित सदस्य शिक्षा बारे धारणा राखेका थिए ।
कार्यक्रममा केन्द्रीय संचालक सदस्यद्वय जागिरमान राई, भोला परियार, शनिश्चरे सेवा केन्द्र संचालकहरु तुलसी श्रेष्ठ र कोपिला भण्डारी लगायतको आतिथ्य रहेको थियोे । आजको बचतले भोलिको भविष्य सुन्दर बनाऔं भन्ने मुल नाराका सम्पन्न कार्यक्रममा दुई सय जना भन्दा बढी शेयरधनीहरुको सहभागिता रहेको थियो ।







प्रतिक्रिया