आर्थिक

गौरादह उवासंघ निर्वाचन : व्यवसायीले रुचाएका कार्की

गौरादह उवासंघ निर्वाचन : व्यवसायीले रुचाएका कार्की


गौरादह । झापाको गौरादह उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि उमेद्वारहरु प्रचार प्रसारमा व्यस्त छन् । यहि २६ गते हुन गईरहेको संघको निर्वाचनमा पहिलो कार्यकाललाई सफल बनाएका जितबहादुर (जे.वी.) कार्कीको नेतृत्व प्रगतिशील समूह निर्वाचनमा होमिएको छ ।

हाल संघको अध्यक्ष समेत रहेका कार्कीले दोस्रो कार्यकालका लागि आफ्नो उमेद्वारी दर्ता गराएका हुन् । गौरादहका प्रतिष्ठित उद्योगीको रुपमा स्थापित कार्कीको पहिलो प्रवेश गौरादहका उद्योगी , व्यवसायिको आम सहमतिमा भएको थियो ।
कार्कीको प्रवेश भन्दा अगाडि अन्यौल, अस्तव्यस्त र आर्थिक अपारदर्शीताको जंजिरमा जकडिएको संघले कार्कीको प्रवेशसँगै पुनर्जीवन पाएको स्थानीय व्यवसायीहरु बताउँछन् । उनको कार्यशैलीका कारण व्यवसायीहरुले थप अर्को कार्यकाल नेतृत्वका लागि चाहाना राखेपछि उनी निर्वाचनका लागि तयारीमा जुटेका हुन् ।

कार्कीको नेतृत्वले झापा जिल्ला उद्योग बाणिज्य संघको शाखा कार्यालयबाट डिल्लीराम काफ्लेको कार्यकालमा बनेको ‘गौरादह उद्योग बाणिज्य संघ’ लाई महासंघसँग जोड्दै जिल्ला-नगरको मान्यता दिलाउने काम गर्याे र ‘गौरादह उद्योग बाणिज्य संघ’ बनेको हो । उनकै पालादेखी संघलाई अस्तित्व दिलाउनुका साथै चलायमान बनाउँदै गौरादहका संपुर्ण भुगोललाई समेट्ने काम भएको थियो । त्यो भन्दा अगाडि गौरादहका केही सिमित व्यक्तिहरुको पहुँचमा मात्र सिमित संघलाई नगरका संम्पुर्ण व्यवसायिको साझा संस्था बनाउने काम जे.वी कार्कीले गरेको हुन् ।

राजनीति चलखेल गर्ने थलोको रुपमा प्रयोग भई रहेको संघलाई साच्चै उद्योगी व्यावसायिको मातहत ल्याउने काम कार्कीकै नेतृत्वमा भएको हो । उनी नेतृत्वमा आएपछि संघको विधानमा संसोधन गर्दै झोलामा व्यवसायको प्रमाणपत्र बोकेर साचो व्यावसायिलाई ओझेलमा पार्ने काम बन्द गराए । उनले उद्योग,व्यवसाय समयमै दर्ता गर्ने परिपाटी देखि ढिलो गर्नेलाई विलम्ब शुल्क लिने व्यवस्था गराए ।

उनी संघको अध्यक्ष भएपछि कर कार्यालयमा दर्ता गरेर ( pan) पान नं. लिएका तर लामो समयसम्म कर तिर्न बाँकी भएका ८० प्रतिशत पान बन्द गराए । कार्कीले नेतृत्व गरेपछि संघलाई उद्योगी ,व्यावसायिको अपनत्व हुने गरीको संस्था मात्र बनाएनन् कोशी प्रदेश सरकार शहरी विकास मन्त्रालयको सहयोगमा सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि ठुलो आर्थिक योजना समेत ल्याउन सफल भए । त्यो परियोजना कार्यान्वयन गराउन उनले गरेको मेहनत र देखाएको कुशलताले थोरै क्षेत्रफलमा साँघुरिदै गरेको संघ अहिले गौरादह –३ स्थित बृहत् क्षेत्रफलमा सुविधा सम्पन्न भवनमा परिणत भएको छ ।

त्यसको अलावा संघको नाममा जमिन किन्ने देखि पुरानो कार्यसमितिको नाममा रहेको लाखौं रकम दायित्व भुक्तानी गर्दै संघ मातहत रहेको गौरादह– ३ को सामुदायिक भवन नगरपालिकाले वार्षिक भाडा संघलाई तिर्नेगरी लिजमा दिनुका साथै उद्योग ,व्यवसायबाट नगरपालिकालाई तिरिने बिभिन्न करको २५ प्रतिशत अधिकार गौरादह उद्योग बाणिज्य संघलाई हुने व्यवस्था गरेर संघलाई आर्थिक रुपमा अनुशासित र मजबुत बनाउने काम उनै कार्कीको नेतृत्वमा भएको गौरादहमा छर्लङग छ ।

शेयर गर्नुहोस :

0
Shares