Banner news

हल्दिवारीका अति विपन्न १३ परिवारलाई ५८ लाखको आवास हस्तान्तरण

हल्दिवारीका अति विपन्न १३ परिवारलाई ५८ लाखको आवास हस्तान्तरण


बिर्तामोड । हल्दिवारी गाउँपालिकाले अति विपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जानकारी दिए ।

हल्दिवारी गाउँपालिका –२ मा निर्माण गरिएको १३ वटा घर अति विपन्न परिवारको छनौट गरी हस्तान्तरण गरिएको अध्यक्ष लिङदेनको भनाई छ । उनका अनुसार आवेदन माग गरेर त्यसपछि पनि अनुगमन पश्चात अति विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

०७६ सालमा विपन्न आवास निर्माणको लागि ठेक्का लागेको थियो । ०७८ मा निर्माण सम्पन्न भएको आवास कोभिड र त्यसपछि निर्वाचनका कारण हस्तान्तरणमा ढिलाई भएको अध्यक्ष लिङदेनले जानकारी दिए । कार्यविधि अनुसार विपन्न परिवारको छनौट गरेर घर हस्तान्तरण गरेको उनको भनाई छ ।

गाउँपालिका र संघीय सरकारको लगानीमा वरण्डासहितको तीन कोठे घर विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । कुल ५८ लाख ५८ हजार ७ सय ७७ रुपैयाँ लगानीमा निर्माण गरिएका घरहरुमा खानोपनी, विधुत सुविधाको व्यवस्था मिलाइएको छ ।

उक्त घर प्राप्त गर्ने विपन्न परिवारलाई गाउँपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिने अध्यक्ष लिङदेनले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares