बाह्रदशी

बाह्रदशीमा आइतबारबाट कित्ताकाट

बाह्रदशीमा आइतबारबाट कित्ताकाट


बिर्तामोड । बाह्रदशी गाउँपालिकाले जग्गाको वर्गीकरण गरेसँगै आइतबारबाट कित्ताकाट खुल्ला हुने भएको छ ।

भू- उपयोग नियमावली, २०७९ परिच्छेद-३ दफा १० बमोजिम बाह्रदशी भित्रका जग्गाहरूको जग्गा धनी दर्ता श्रेस्ता र जग्गाधनी दर्ता प्रमाणपूर्जी अद्यावधिक गर्ने कार्य सम्पन्न भएसँगै असार २४ गतेबाट कित्ताकाट खुल्ला गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले बताए ।

सरकारले केही महिना अघि जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरिएको छ ।

जग्गाको वर्गीकरणको काम सम्पन्न गरेसँगै गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई र प्रमुख प्रशासकीय अधिकृत थापाले जिल्ला मालपोत कार्यालय झापाका प्रमुख योगेन्द्र प्रसाद दुलाललाई हस्तान्तरण गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares