आर्थिक

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर


बिर्तामोड । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ ।

शेयर गर्नुहोस :

0
Shares