बिर्तामोड । प्रतिनिधिसभा सदस्य एवम् एमाले नेता एलपी साँवा लिम्बुले झापाका किसानलाई तत्काल दुध विक्री वापतको रकम उपलब्ध गराइदिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा साँवाले चाडवाडमा किसानको विचल्ली नबनाउन आग्रह गरेका छन् ।
झापाका विभिन्न ठाउँमा रहेका डेरीमा किसानले दुध विक्री गर्दै आएका छन् । डेरीहरुले विराटनगरस्थित दुग्ध विकास संस्थालाई विक्री गर्दै आएका थिए । दुग्ध विकास संस्थाले झापाका डेरीहरुलाई साढे ६ लाख लिटर दुधको रकम दिन बाँकी रहेको साँवाले संसदमा जानकारी गराएका छन् । सो परिमाणको दुधको मुल्य ४ करोड १६ लाख ४६ हजार हुन आउने साँवाको भनाई छ । उक्त रकम गत असार महिनापछिको मात्रै हो ।
उनका अनुसार झापाको प्रतिक्षा डेरी, तारा डेरी, विन्दावासिनी कृषि फर्म, कामधेनु डेरी, हम्सेदुम्से दुग्ध डेरी, जुनतारा कृषि फर्म, आमा दुग्ध डेरी, कर्णमैना डेरीमा दुध दिने किसानको रकम उपलब्ध गराइदिन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।







प्रतिक्रिया