Banner news

अर्जुनधाराधाममा बालकृष्ण महाराजको भव्य स्वागत

अर्जुनधाराधाममा बालकृष्ण महाराजको भव्य स्वागत


इन्द्रकुमार राई

शनिश्चरे । भारत हरिद्वारका आयुर्वेद शिरोमणी बालकृष्ण महाराजको अर्जुनधारा जलेश्वरधाममा आगमन भएपछि महाराजले मुल मन्दिरमा प्रवेश गरेर पूजा आराधना गरेका छन् । महाराज अर्जुनधारामा आगमन हुँदा भव्य स्वागत गरिएको थियो ।

बालाचतुर्दशीको अवसरमा धामले आयोजना गरेको ४१ औं बार्षिक अनुष्ठानको रुपमा श्रीमद् देवी महापुराण नवाह ज्ञान महायज्ञ, बृहत योग शिविर सञ्चालन तथा खडेबाबाको प्रतिमा अनावरण लगायत कार्यक्रमका लागि धामको प्रमुख आतिथ्यता स्वीकारेर महाराज आएपछि भव्य स्वागत गरिएको हो ।

अर्जुनधारा नगरपालिका –८ शनिश्चरे बजारस्थित देवकोटा चोकमा निर्मित स्वागत गेटद्वार देखि पंक्तिवद्ध उभिएर नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली , कर्मचारीहरु तथा पतञ्जली योग पीठ झापा प्रशिक्षार्थीहरु लगायत सयौंले महाराजको भव्य स्वागत गरेका थिए ।

यसअघि अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीको अगुवाईमा बाजागाजासहित बागडुग्रा विमानस्थल गएर महाराजलाई गरिएको धामका उपाध्यक्ष भिमचन्द्र भट्टराईले जानकारी दिए । उपाध्यक्ष भट्टराईका अनुसार स्वागत कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, केन्द्रीय प्रभारी (योग प्रशिक्षण ) नेपाल प्रमुख लवदेव मिश्र ,कोशी प्रदेश महामन्त्री लक्ष्मीप्रसाद काफ्ले, पतञ्जली योग पीठ झापा अध्यक्ष देवीप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

आजबाट बृहत योग शिविर समापनको भएको छ । भोलि सतबिज रोपण पश्चात् महायज्ञ समापन हुनेछ । समापनको पूर्वसन्ध्यामा आजै महाराजबाट खडेबाबाको पूर्णकद शालिक अनावरण र बेलुकी आयुर्वेद ज्ञान सम्बन्धि प्रवचन गरिने बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares