काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यले सपथ लिएका छन् ।
एक कार्यक्रमको बीच निर्वाचन उपसमितिका संयोजकले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गरे ।
(नेफ्स्कून)को अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।
नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आज भएको निर्वाचनमा निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गर्दै ढकाल विजयी भएका हुन् । ढकालले ११९६ मत ल्याए भने पौड्यालले १०१९ मत ल्याए । कुल २२४९ मत खसेको थियो ।







प्रतिक्रिया