बिर्तामोडमा स्पाइन सुपर स्पेशलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा
बिर्तामोड । झापाको बिर्तामोडमा स्पाइन एक्स सुपर स्पेशलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आएको छ । बिर्तामोडको भगवना चोकमा सञ्चालनमा ल्याइएको स्पाइन सुपर स्पेशलिटी अस्पताल नीजि तर्फ नेपालकै पहिलो भएको दावी गरिएको छ ।
हार्डजोर्नी नशा तथा मेरुदण्ड सम्बन्धी उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको सञ्चालक डा.प्रेम बहादुर शाहीले जानकारी दिए । आइतवार अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सोमवारबाट औपचारिक शुभारम्भ गरिने जानकारी दिइएको छ ।
हार्डजोर्नी तथा नशा रोग सम्बन्धी अत्याधुनिक प्रविधिबाट गुणस्तरीय सेवा दिइने अध्यक्ष समेत रहेका डा. शाहीले जानकारी दिए । उनका अनुसार ३० करोड लागतमा अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालको लागत ५० करोड पुग्ने बताइएको छ । १५ वेड क्षमताको अस्पताललाई विस्तारै १०० वेड क्षमतामा विकास गरिने सञ्चालकहरुको भनाई छ ।
हार्डजोर्नीको उपचारलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउन करिव एक महिना लाग्ने बताइएको छ । सन् २०२४ को शुभारम्भसँगै अस्पतालले सेवा सुरु गर्ने बताइएको छ । नेपालमा हालसम्म स्पाइनल उपचारका लागि मात्रै छुट्टै अस्पताल सञ्चालनमा नआएको सञ्चालकहरुले बताए ।
अस्पतालले गुणस्तरीय सेवाका लागि कडा मेहनत गर्दै जाने डा. शाहीको भनाई थियो । उनले २०१४ देखिको परिकल्पना बल्ल पुरा भएको बताए । उनले बिर्तामोडमा विगतदेखि गरिरहेको सेवा अनुभवले अस्पताल स्थापना गर्न प्रेरणा मिलेको बताएका छन् ।
बिर्तामोडमा सञ्चालनमा ल्याइएको स्पाइन एक्स सुपर स्पेशलिटी हस्पिटल नेपालका लागि गौरव भएको डा. लक्ष्मी मैनालीले बताए । उनले मेडिकलको हव बन्दै गइरहेको बिर्तामोडबासीका लागि अझै ठुलो सम्पत्ति भएको बताएका छन् । उनले नसर्ने रोगपछि धेरै संख्यामा मृत्यू हुनुको कारण दुर्घटना भएको बताए । सवारी दुर्घटनाका कारण मृत्यू हुनेको संख्या बढ्दै गइरहेकोले स्पाइनल सुपर स्पेशलिटी हस्पिटल आवश्यकता रहेको धारणा व्यक्त गरे ।
उपचारका लागि भारत जानुपर्ने बाध्यता हट्दै गइरहेको बेला हार्डजोर्नी उपचारका लागि पनि अब बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ । स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा अत्याधुनिक प्रविधीबाट स्पाइन सम्वन्धी सम्पूर्ण उपचार, (सानो घाउ पारेर), हाडजोर्नी सम्वन्धी शल्यक्रियासहित सम्पूर्ण उपचार, (जोर्नी प्रत्यारोपण, दुरवीनबाट गरिने उपचार ), न्यूरोको अत्याधुनिक प्रविधीसहितको इण्डोभास्कुलर न्युरो सर्जनद्वारा उपचार, सर्जरीतर्फ जीआई सर्जन (एमसीएच) बाट सेवा, गाइनोतर्फ बाझोपन सम्वन्धी विशिष्टकृत डाक्टहरुद्वारा शल्यक्रियासहितको सेवा, अत्याधुनिक प्रविधिको रेडियोलोजिष्ट सेवा, अत्याधुनिक प्रविधिको भिडियो एकस रे, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रविधिको आइसियु, एनआइसियु, नर्सरी, एचडियु सेवा प्रदान गरिने उनले डा. शाहीले बताएका छन् ।