बिर्तामोड

‘मन्द मन्द हावा’ गीतको भिडियो सार्वजनिक

‘मन्द मन्द हावा’ गीतको भिडियो सार्वजनिक


काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ‘मन्द मन्द हावा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन ।

राज कुमार बगरको संगीत तथा राजु कार्कीको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।

दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । मन्द मन्द हावा गीतको भिडियोमा सनम कठायत र स्मारिका ढकालको फिचरिङ रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares