Banner news

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन


बिर्तामोड । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ ।
झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारको क्रममा सोमबार राति निधन भएको हो । नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे ।

बिराट नर्सिङ होम बिराटनगरमा उनको उपचार भईरहेको थियो । उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

करिब चार बर्षदेखि प्रोष्टेट क्यान्सरसँग लडिरहेका नेता बुढाथोकी लामो समय भारतमा उपचार गराएर फर्किएपछि एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares