आर्थिक

बिर्तामोडमा याडियाको विद्युतीय स्कुटर र साइकलको बिक्री सुरु

बिर्तामोडमा याडियाको विद्युतीय स्कुटर र साइकलको बिक्री सुरु


बिर्तामोड । झापाको बिर्तामोडमा दुई पांग्रे इलेक्ट्रिक सवारी याडियाको स्कुटरको विक्रि सुरु गरिएको छ । एक कार्यक्रमका बीच भद्रपुररोडस्थित लक्ष्मण मर्केटमा याडिया कम्पनीका विद्युतीय स्कुटरको बिक्री आजदेखि सुरु गरिएको हो ।

सिटौला इन्टरप्राइजेज झापाले याडियाका विद्युतीय स्कुटरको बिक्री बिर्तामोडमा सुरु गरेको सञ्चालक गंगाप्रसाद सिटौलाले जानकारी दिए ।

बिर्तामोडको शोरुममा याडियाको इलेक्ट्रिक साइकल र स्कुटर दुवैको बिक्री सुरु गरिएको सञ्चालक निशा उप्रेतीले जानकारी दिइन् । वसन्त पञ्चमीको अवसर पारेर सिटौला इन्टरप्राइजेजको शोरुमको उद्घाटन गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares