अर्जुनधारा

बालकल्याणका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

बालकल्याणका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण


बिर्तामोड । अर्जुनधारा – ६ मा रहेको बालकल्याण प्राविमा आज शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । सरस्वती पुजाको अवसर पारेर शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो ।

पशुपति युवा समूह अर्जुनधारा –६ ले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको संस्थाका अध्यक्ष घनेन्द्र डाँगीले जानकारी दिए । सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीको प्रमुख आतिथ्यतामा उक्त सामग्री वितरण गरिएको डाँगीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकरलाल चौधरी, प्रअ डम्बर यादवको आतिथ्यतामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares