आर्थिक

चितवनका किसानले सडकमै दूध पोखे

चितवनका किसानले सडकमै दूध पोखे

नारायणगढ (चितवन) ६ फागुनः सडकमा दूध पोखेर विरोध प्रदर्शन गर्दै किसान भरतपुरको केन्द्रीय बस ट्रमिनल चोकस्थित सडकमा आइतबार दुग्ध उत्पादक सहकारीका किसानले दूध पोखेर विरोध प्रदर्शन गर्दै । लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर विरोध जनाएका हुन । तस्बिर ः सनद अधिकारी÷रासस

काठमाण्डौ – दूधको भुक्तानी नपाएको र बजारीकरणमा समस्या भएको भन्दै चितवनमा किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । हिजो केन्द्रीय बस टर्मिनल चोकमा उनीहरूले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका छन् । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ ।

सङ्घका अध्यक्ष बिशोर बगालेले पाँच दिनदेखि जिल्लामा उत्पादित दूध बिक्री हुन नसकेको भन्दै बजारको सहजीकरणका लागि सरकारसँग आग्रह गर्दा सुनुवाइ हुन नसकेको गुनासो गर्नुभयो । दूधको भुक्तानी नपाउँदा र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको उहाँले बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares