आर्थिक

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार भएको छ । यस्तैगरी, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares