Banner news

‘एड्भान्स तालिमपछि व्यवसायिक रुपमा ब्याग उत्पादन गर्ने सोच छ’

‘एड्भान्स तालिमपछि व्यवसायिक रुपमा ब्याग उत्पादन गर्ने सोच छ’


रेजिना खरेल
बिर्तामोड २, बेलडाँगी
अघिल्लो वर्ष रेजिना खरेलले बिर्तामोड नगरपालिकाबाट ८ दिने उद्यमशिलता विकास तालिम लिनुभयो । उक्त तालिममा उहाँले ब्याग बनाउने तालिम रोज्नुभयो । त्यसै वर्ष व्याग बनाउन ४५ दिनको तालिम लिनुभयो । तालिमपछि नगरपालिकाले ब्याग उत्पादनका लागि साझेदारीमा मेसिन नै उपलब्ध गराएको थियो ।

तालिमबाट ब्याग बनाउन सिकेर उहाँ घरमै काम गरिरहनु भएको छ । बिर्तामोड नगरपालिका २ बेलडाँगी निवासी खरेल अहिले लघुउद्यम विकास शाखाले चारपानेमा सञ्चालन गरिरहेको १ महिने ब्याग बनाउने एड्भान्स तालिममा सहभागी भई तालिम लिइरहनु भएको छ । एक वर्ष अघि सिकेको सीपले घरमै काम गरिरहेको बताउँने उहाँ अब एड्भान्स तालिम सकेर व्यवसाय नै सुरु गर्ने सोचमा हुनुहुन्छ । सटरमै व्यवसाय गरेर अघि बढ्ने योजना उहाँको छ ।

आधारभूत तालिम सिकेर खरेलले होलसेलबाट सामान लगेर अर्डर अनुसारको ब्याग उत्पादन थालिसक्नु भएको छ । अर्डर अनुसार ब्याग उत्पादन गरिरहेको छु, उहाँले भन्नुभयो । उहाँको उत्पादन बजारमा विक्री नै हुन थालिसकेको छ । अब, विट पनि हाल्न सिकेर सबै प्रकारका ब्याग उत्पादन गर्न सक्षम हुने योजना छ ।

ब्याग उत्पादनबाट सन्तोषजनक आम्दानी भइरहेको उहाँको भनाई छ । घरमा सामान्य खर्चहरु ब्याग विक्रीबाटै आएको रकमले धान्न सकिने उहाँले बताउनु भयो । खरेलले तालिम दिने नगरपालिकालाई अझै ६ महिनाको तालिम दिएर सबै प्रकारका ब्याग बनाउन सक्षम बनाउनुपर्ने धारणा राख्नुभएको छ ।

विगतमा तालिम लिएर व्यवसाय गरिरहनु भएका प्रशिक्षार्थीहरुलाई लक्षित गरेर १ महिने एड्भान्स तालिम सञ्चालन गरिहरेको सहजकर्ता चनिमाया तामाङको भनाई छ । लघुउद्यम कार्यक्रम अन्तर्गत अन्तरजिल्ला भ्रमण समेत गराइएको थियो ।
बिर्तामोड सेरोफेरोबाट

शेयर गर्नुहोस :

0
Shares