Banner news

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

nufgL ;Dd]ng pb3f6g sf7df8f}F, !^ j}zfvM k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú sf7df8f}Fdf cfOtaf/ b’O{ lbj;Lo t];|f] nufgL ;Dd]ng pb3f6g ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गर्नुभएको छ ।

सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् । साथै १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ ।

यसअघि २०७३ साल फागुन १९ र २० गते पहिलो तथा २०७५ चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares