आर्थिक

सिम्रिकद्वारा २ लाख ६४ हजार कर्जा मिनाह

सिम्रिकद्वारा २ लाख ६४ हजार कर्जा मिनाह


बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मेचीनगरमा एक जना सदस्यहको ऋण मिनाह गरेको छ ।

संस्थाको धुलावारी सेवा केन्द्रस्थित सयपत्री महिला समुह अन्तर्गत आवद्ध शेयर सदस्य देवी विश्वकर्माको असामयिक निधन भएपछि ऋण मिनाह गरिएको हो ।

आइतवार समवेदनासहित पुगेको सिम्रिक सहकारीको टिमले परिवारजनमा समवेदना प्रकट गरेको छ । शोकाकुल परिवारजनलाई थप आर्थिक बोझ नहोस् भन्ने उद्देश्यले विश्वकर्माले संस्थाबाट लिएको कर्जा ३ लाखमध्ये संस्थालाई तिर्न बाँकी रहेको कर्जा २ लाख ६४ हजार रुपैयाँ मिनाह गरिएको पत्र मेचीनगर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष गिरीराज धमलाको उपस्थितिमा परिवारजनलाई पत्र हस्तान्तरण गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares