जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोड ७ को घाट निर्माण विवाद : थप जग्गा हडप्न अवरोध गरेको वडाध्यक्षको आरोप

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा एकसातादेखी घाट निर्माण कार्यमा अवरोध भएको विषयले चर्चा पाइरहेको छ । उक्त घाट निर्माणको सन्दर्भमा वडाध्यक्ष कृष्णअविरल खरेलमाथि माओवादीका स्थानीय नेता कार्यकर्ताले हातपात गरेपछि उनले कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन् ।

बुधबार वडाध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै घाट निर्माणमा भइरहेको अवरोधको कारण खुलाएका छन् । बिर्तामोड नगरपालिका वडा नं. ७ को देउनिया खोलामा मलामीहरु घामपानीमा ओत लाग्ने टहरो निर्माण कार्यमा अवरोध सिर्जना गर्नुको मुख्य कारण वडाबासीलाई जानकारी दिएको भन्दै सञ्चाज मार्फत सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्, – आमा बुवा दाजुभाई तथा दिदिबहिनीसहित सम्पुर्ण सरोकारवाला सबैमा जानकारी गराउन चाहन्छु । बिगत लामो समयदेखि अब्यवस्थित रुपमा दाहसस्कार गरिदै आएको देउनिया घाट यहाँहरु सम्पुर्णमा अवगत नै छ ।

पछिल्लो दशकबाट स्थायी बसोबास गर्दै आउनु भएका होम आचार्य लगायत उहाँका परिवार भित्रका सदस्यले देउनिया खोलाको जग्गा मालपोत तथा नापी कार्यलयमा झुटो विवरण पेस गरि ११ कठ्ठा १० धुर मात्र किनेको र हाल साबिक गरि ल्याउँदा सोहि जग्गा २४ कठ्ठा पुगेको झण्डै १३ कठ्ठा बढेर आएको देखिन्छ । साथै उहाँका ज्वाई नरनाथ अधिकारीले समेत सोही स्थानमा किर्ते गरि जग्गाको क्षेत्रफल बढाएको हुन सक्ने अनुमान सहित अनुसन्धान वडाले गर्न सुरु गरेको छ । हाल सालै वडाले टहरो हटाई मलामी घर निर्माण गर्दै गर्दा उहाँहरुको नियत बाँकी रहेको जग्गा समेत भबिष्यमा हडप्न सकिने मनसायले मओबादी केन्द्र जस्तो जिम्मेवार पार्टीलाई गुम्रामा राखी स्वार्थ पुरा गर्न खोजिएको छ ।

उक्त पार्टीका जिम्मेवार नेता ज्युहरुले सत्यतथ्य बुजेर ब्यक्तिको भन्दा जनताको कुरा सुन्न अनुरोध गर्दै जनताले बर्षौबाट घाट निर्माण गरिदिन आग्रह गरेको ठाउँमा होम आचर्य लगायतले टहरो निर्माण गर्न अवरोध गर्नुको मुख्य कारण बाँकी रहेको जग्गा समेत हडपी आफ्नो नाममा बनाउने उदेश्य रहेको सम्पुर्णमा अवगत गराउन चाहन्छु ।

स्मरण रहोस २०४७ सालमा भुटानी शरणार्थीहरु उक्त स्तानमा आउनु भन्दा अगाडि नै घाट रहेको र शरणार्थीहरु आएपछि जाईका नामको संस्थाले मलामीका लागि बिकट घर बनाई दिएको र हाल उक्त घर जीर्ण अवस्थामा रहेको सबैमा स्मरण गराउन चाहन्छु, उनले अन्तिमम लेखेका छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०८१ बुधबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]